काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २६ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी र जीवराज आश्रितको हत्यारा छिट्टै पत्ता लाग्ने बताएका छन् ।
उनले भण्डारीको सालिक अगाडि उभिएर सो कुरा बताएका हुन् ।
शुक्रवार बिहान मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले मदन र जीवरातको हत्यारा खोजी प्रक्रिया शुरु भइसकेको बताउँदै उनीहरुको हत्यारा छिट्टै पत्ता लाग्ने बताए ।
‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं’ गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
२६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म के कारणले भएको बाहिर आउन समेको छैन ।
दुर्घटनामा परि घाइते भएका जीप चालक अमर लामाको हत्यापछि घटना थप रहस्यमय बनेको छ ।
उता मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया