फोहोर फिर्ता लैजान क्यानाडामाथि दबाब


लोकपथ
प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०९:२२

एजेन्सी । फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ । 

क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन् । 
सन् २०१३ र २०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो । फिलिपिन्सले उक्त फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानाडामाथि दबाब दिँदै आएको छ । 

विदेश सचिव लोक्सीनले ट्वीटमा भनेका छन्, ‘क्यानाडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानाडाले काम शुरु नगरे हामी कुटनीतिक दर्जालाई घटाउनेछौं ।’

उनले क्यानाडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानाडा छाड्न आदेश दिइएको पनि बताए ।

 मनिलास्थित क्यानाडेली राजदूतावासले उक्त विषय सुल्झाउन काम गरिरहेको जनाएको छ । 

क्यानाडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानाडा फिर्ता पठाइदिने बताएका छन् ।  

गत साता राष्ट्रपति डुटर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोक्नु भएको थियो ।

फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानाडा नै फर्काउन आदेश दिएको थियो । 
 

Tags :
प्रतिक्रिया दिनुहोस
मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिनुभएको छ