मालपोत अधिकृतले कुम्ल्याए सरकारी जग्गा, ५ सय ९० रोपनि श्रीमतीको नाममा

जुम्ला । जुम्लाको गोठीचौरको ५ सय ९० रोपनि सरकारी जग्गा जुम्ला मालपोत अधिकृतका परिवारको नाममा रहेको खुलेको छ । 

जुम्लाको गुठिचौर गाउँपालिका ४ बाउलीगाउँका मातपोल अधिकृत गोविन्दप्रसाद न्यौपाने सो सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको हो । 

हाल सेवा निवृत्त न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५ सय ९० रोपनी सरकारी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको यो पहिलो घटना हैन । यस अघिपनि काठमाडौंको बालुवाटारस्थित ललिता निवास हाताको २ सय ९९ रोपनी सरकारी जग्गा, खुल्लामञ्च, रत्नकार्पक र सिंहदरबार समेतको जग्गा भूमाफियाले हडपेको समाचार सार्वजनिक भइसकेको छ । 

गुठिचौर जुम्ला जिल्लाको घुम्नै पर्ने ठाउँमध्ये एक हो । यद्यपी अहिले भेडाबाख्रा अनुसन्धान कार्यक्रमको फार्म सञ्चालनमा छ । त्यहाँ न्युजिल्याण्ड र अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका भेडा बाख्राबाट नश्ल सुधार गरिन्छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?