प्रधानमन्त्री ओली संघीयता विरोधी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको रुचि नभएको बताएका छन् । 

बिहीवार सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सदस्य थापाले सो कुरा बताएका हुन् । 

संघीयता कार्यान्वयन गर्न असफल भएको बताउँदै थापाले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको संज्ञा दिएका छन् ।

नेपालको इतिहासमा ओली सरकार सर्वाधिक बलियो सरकार भएको बताउँदै थापाले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो । हामीसँग पटक–पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर ।’

थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेर असंसदीय शब्द उच्चारण गरेको समेत आरोप लगाएका छन् । 

तर, भियतनाम र कम्बोडियाको ६ दिने औपचारिक भ्रमण सकेर बुधवार साँझ काठमाडौं फर्कएका प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूले संसदमा असंसदीय शब्द उच्चारण नगरेको बताएका छन् । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?