स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भए सांसद

काठमाडौं । नवगठित समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य प्रदीप यादव पार्टीले स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । 

पार्टीलाई समेत जानकारी नदिई लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा समाजवादीका सांसद यादव सहभागी भएका थिए । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् । 

अध्यक्ष यादवले आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् । 

उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् । समाजवादी पार्टीले विवादास्पद भ्रमणका क्रममा सांसद यादवले राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?