सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेप गर्यो : रामशरण महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी कार्य गरेको आरोप लगाएको छ । 

प्रेस युनियन धनकुटाले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप समेत लगाएका छन् । 

सरकार अधिनायकवादतर्फ अग्रसर भएको बताउँदै नेता महतले लोकतान्त्रिक मूल्यमान्यतालाई ख्याल नगरिए त्यसमा प्रतिपक्ष मुकदर्शक भएर चुप लागेर नबस्ने चेतावनी दिए ।

सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आत्रमण रहेको टिप्पणी गरे । मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रको विरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने नेता महतले बताए । 

त्यस्तै सत्ता बाहिर हुँदा ठूलो स्वर गर्नेले सत्तामा पुगेपछि विपरित कार्य गरेको आरोप उनले लगाए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?