जापानको उत्तरी क्षेत्रमा ५.५ म्याग्नीच्युटको भूकम्प

टोकियो । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधवार जानकारी दिएको छ ।

यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । 

स्थानीय समयाअनुसार बुधवार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?