अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु भएको छ । फ्लुका कारण यसवर्ष अहिलेसम्म अष्ट्रेलियामा ४२ जनाको मृत्यु भएको हो । 

फ्लुका कारण मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक भएको छ । 

अष्ट्रेलियाको क्युन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरु अधिकांश रहेका छन् । 

हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्युन्सल्याण्डमा २५ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन भने दक्षिण अष्ट्रेलियामा फ्लुकै कारण १७ जनाको मृत्यु भएको हो ।

६ वटा राज्य र दुई टेरिटोरी रहेको अष्ट्रेलियाको अन्य राज्य तथा टेरिटोरीको तथ्यांक सार्वजनिक नभइसकेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान छ । दक्षिण अष्ट्रेलियामा मात्र यसबाट मृत्यु हुनेहरुमा १३ तथा वृद्धवृद्धा रहेको समाचार माध्यमहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?