कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला चांगुनारायण वडा न. ६ घर भएका २९ वर्षीय सन्तोष सुवाल रहेका छन् ।

प्रहरीले उनलाई काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिबाट शनिबार मृतकको मोबाईलसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भक्तपुर सुर्यबिनायक ८ सिपाडोल बस्ने ३३वर्षीय गोपाल ढकालको श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा २ लाख लिई आउनु भनेर फोन आएको भनि प्रहरीमा उजुरी गरेकी थिइन् । सोही उजुरीको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा गत फागुन ११ गते १०:०० बजेको समयमा भक्तपुर सुर्यबिनायक वडा नं. ८ स्थित रोधन बस्नेतको गोठमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा सुवाल उक्त घटनामा संलग्न भई फरार रहेको बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धानको लागि उनलाई प्रहरी बृत जगाती भक्तपुर पठाईएको प्रहरीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?