१० किलो गाँजा बरामद

लोकपथ
105
Shares


सुनसरी । १० किलो गाँजा प्रहरीले बरामद गरेको छ । हरिनगरा गाउँपालिका-७ घुस्कीबाट अवैध लागुऔषध गाँजा करिब १० किलो शनिबार राति प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना मानिसले बोरा फालेर फरार भए पश्चात बोरा जाँच गर्ने क्रममा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?