काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया