मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरी गम्भिर घाइते

लोकपथ
35
Shares

विराटनगर । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी गम्भिर घाइते भएकी छन् ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए ।

मेचीनगर–५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । सिकिस्त अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?