अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् ।

झापा, बिर्तामोड नगरपालिका-२ स्थितबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बेलडागी बस्ने ३२ वर्षीय अनिल लुईटेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै मोरङ, बुढिगंगा गाउँपालिका-२ बागवान बस्ने ३५ वर्षीया रिनादेवी सिंहलाई करिब ५ किलो अवैध लागुऔषध गाँजासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवा समेतबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ताबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम २ मिलिग्रामसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-१३ भाईरल रोडबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४० ग्राम र १ थान खुकुरीसहित सोही नगरपालिका-१२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बस्तुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?