ओली सरकारलाई प्रदीप पौडेलले दिए ‘शाही सरकार’को संज्ञा

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी ओली नेतृत्वको सरकारलाई  शाही सरकारको संज्ञा दिएका छन् । 

उनले सरकारको पछिल्लो गतिविधि शाहीकालको  झल्को दिने खालको भएको टिप्पणी गरेका छन् । उनले नेकपा सरकारको शाही प्रवृत्तिविरुद्ध जनस्तरबाट नै प्रतिवाद गर्ने समय आएको बताए । 

 नेपाल शिक्षक सङ्घ चितवनको ३० औँ स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा पौडेलले संवैधानिक मर्म र भावना विपरीत दुई तिहाइको बलमा  प्रेसमाथि अङ्कुश लगाउन खोजिएको बताए । 

सरकारको प्रेसमाथि अङ्कुश लगाउने प्रयास कांग्रेसलाई कुनै सर्तमा स्वीकार्य नहुने पौडेलले बताए । 

पौडेलले मानव अधिकार आयोगलाई महान्यायधिवक्ताको मातहत राख्न खोज्नु निरंकुशतावादी सोच भएको टिप्पणी पनि गरे । 

अर्को प्रसंगमा उनले सार्वजनिक शिक्षा सुधारमा शिक्षकहरूको भुमिका महत्वपूर्ण रहने बताए ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?