बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान


लोकपथ
प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ११:०८

एजेन्सी । चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ ।

बेइजिङ दाछिङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् । 

चाइना साउथर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् ।

“यो परीक्षण उडानले अब उडान सेवा नियमित गर्न विमानस्थल पूर्णरुपमा तयार भएको छ भन्ने पुष्टि भएको छ,” चीनको नागरिक उड्डयन प्रशासनका प्रहरी प्रमुख वाङ छिङडोङले भने ।

नयाँ बनेको विमानस्थल बेइजिङको डाउनटाउनदेखि ४६ किलोमिटर टाढा पर्दछ । बेइजिङमै रहेको अर्को विमानस्थल बेइजिङ क्यापिटल इन्टरनेशनलको चाप कम गर्नका लागि यो विमानस्थल बनाइएको बताइएको छ ।
 

Tags :
प्रतिक्रिया दिनुहोस
अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप

एजेन्सी । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको

नाइजेरियामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना

काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या