भजन शिरोमणिको परिवारलाई राष्ट्रपतिको सन्देश, ‘भक्तराजका गीत सधैँ जीवन्त’

लोकपथ
805
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

स्वर्गीय आचार्यको निधनमा शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै उनले भक्तराजको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताए ।

उनले भनेका छन्, ‘भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो ।’

भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा संगीत दिएर नेपाली सांगीतिक जगतलाई विशिष्ट उचाइमा पु-याउन आचार्यले पु-याएको योगदान अतुलनीय भएको पनि उनको भनाइ छ ।

उनले आचार्यका गीत नेपालीको मनमस्तिष्कमा जीवन्त रहने उल्लेख गर्दै सन्देशमा आचार्यको निधनले नेपाली गीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?