अन्नपूर्ण क्षेत्रमा मोटरसाइकल राइडरहरुको मेला ‘मनाङ मेनिया’ हुँदै

लोकपथ
777
Shares

काठमाडौं । काठमाडौं लेजेंड्सले विश्वमा नै प्रख्यात अन्नपूर्ण क्षेत्रको मनाङमा यहि फागुन २५ देखि २८ गते सम्म मोटरसाइकल राइडरहरुको मेला ‘मनाङ मेनिया’ महोत्सव हुने भएको छ ।

नेपालका विभिन्न जिल्लाबाट व्यक्तिगत रुपमा र मोटरसाइकल क्लबहरुको रुपमा आउने सहभागीहरु मात्र नभई भारत, भुटान, अस्ट्रलिया,टर्कीबाट समेत गरी करीब १५० जना सहभागी हुने बताइएको छ । प्रति व्यक्ति ८००० को दर्ता शुल्क तोकिएको छ ।

यस कार्यक्रममा स्थानीय न्येस्यांग गाउँपालिका, स्थानीय युवा समूह, आमा समूह नागरिक समूह , गाउँपालिका प्रमुख जिल्ला अधिकारी, मनाङ जील्लाका सांसदहरुको महत्वपूर्ण सहयोग रहने बताइएको छ । कार्यक्रमको मुख्य उदेश्य राइडिंग कल्चर विकास गर्नु, रोयल इनफिल्ड कम्युनिटिको बुद्धि , आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन , मोटर साइकल टुरिज्म प्रवर्द्धन , रोड सेफ्टी सडक अनुशासन रोजगार सिर्जना गर्ने रहेको छ । यस कार्यक्रममा सहभागीहरुलाई ३ रातको होटल बसाइ । खानाको व्यवस्था तथा स्थानीय रमणीय स्थलहरुमा हाइकिङ मोटरसाक्लिङ सांगितिक कार्यक्रम परम्परागत खेलहरु खेलाइने छ ।

सहभागीहरुको स्वाथ्य सुरक्षाको लागी सुमेरु सिटि अस्पतालर थसी सामुदायीक स्वास्थ्य सेवा केन्दको हाइ अल्टिच्युट मेडिकल पोष्ट रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?