नेकपा एसनिकट सरकारी कर्मचारी संगठनले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापनपत्र

लोकपथ
210
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट रहेको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

सो संगठनका सहअध्यक्ष शरण कुमार गुरुङको नेतृत्वमा गृहमन्त्री श्रेष्ठलाई भेटी मुलुकका विभिन्न स्थानमा रास्ट्रसेवक कर्मचारी माथी भैइरहेको भौतिक आक्रमणको बिरोध गर्दै दोषिलाई कार्वाहीको दायरामा ल्याउन प्रचलित कानुन अपर्याप्त भएको हुदा यस्ता घटनामा संलग्न दोषिलाई फौजदारी अपराधमा समावेश गरि कानुनको दायरामा ल्याउन विशेष कानुन निर्माणको समेत माग गरेको छ।

संगठनले यहि फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटामाथी भएको सांघातिक हमला र फागुन १६ गते बर्दियाको बढैयाताल गाउपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल माथि भएको आक्रमणको घोर भ्रत्सना गर्दै अपराधीलाई कारबाहीको माग समेत गरेको छ।

सो कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष सीता गुरुङ, सचिव भुन कुँवर र प्रतीक तामाङ लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?