ल्हासाबाट काठमाडौं रेल ल्याउने सपना पूरा हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्हासाबाट काठमाडौं रेल ल्याउने सपना पूरा हुने बताएका छन् । 

सोमवार बिहान राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले सो कुरा बताएकाा हुन् । 

‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै ल्हासाबाट काठमाडौं रेल आउने छ’ उनले थप्दै भने, ‘ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा शुरुमा सपना जस्तो थियो । तर, अब त्यो विपनामा परिणत हुँदैछ ।’

उनले स्मरण गर्दै भने, ‘आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिलो चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको र त्यो सपना साकार हुन लाग्यो ।’

ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल पुग्छ अध्यक्ष प्रचण्डले भने । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?