विमानको अगाडिको चक्का नखुलेपछि….

एजेन्सी । म्यानमारको राष्ट्रिय ध्वजावाहक विमान ठूलो दुर्घटनाबाट बचेको छ । 

म्यानमारको ‘यु बी १०३’ विमानको अगाडी भागको ह्विल बिना नै सफल अवतरण गरेको छ । विमान कम्पनीका अनुसार पाइलट म्याट मोई योङगले विमानलाई म्यान्डले  अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका थिए ।

उक्त विमानमा सबार सबै यात्रु सकुसल रहेको पनि बताइएको छ । म्यानमारका यातायातमन्त्री विन खान्तका अनुसार पाइलट योङगले निक्कै उत्कृष्ट ढंगले विमान अवतरण गरेको बताए । 

‘पाइलटले निक्कै राम्रो काम ग-यो’, उनले बताए । उक्त विमानले याङगोनबाट म्यान्डलेसम्मको उडान भरेको थियो । तर, अवतरणको क्रममा अगाडीको भागको ह्विलमा नखुले बताइएको छ । विमानमा ८९ यात्रु सवार थिए ।

विमानलाई कुशलतापूर्वक अवतरण गरेपछि अहिले पाइलटको विश्वभर नै प्रशसा गरिएको छ । 

पाइलटले विमानको तौल घटाउनलाई धेरै इन्धनलाई आकाशमै खपत गराएका थिए । विमान अवतरण गर्दा खिचिएको भिडिओमा विमानले अगाडिको भागले भुइँ छुनुअघि पछाडिको चक्कामा भर परेको देखिएको छ ।

उक्त विमान पूरै रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो।

यसअघि गत बुधवार म्यानमारको अर्को विमानस्थलमा एउटा विमान चिप्लिएको थियो।

विमान बाङ्ग्लादेशको एउटा विमान खराब मौसमका कारण बित याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा चिप्लिएको थियो। सो घटनामा १७ यात्रु घाइते भएका थिए।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?