कुवेत भन्दै श्रीलंका पुर्याएर बेचबिखन गर्ने व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।


नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।


मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पु¥याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका थिए ।


पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलुकाममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पु¥याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो । मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?