प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

काठमाडौं ।  प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज (सोमवार) बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् ।

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही वैशाख २६ गते भियतनाम प्रस्थान गरेका थिए । 

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय  वैशाख दिवसलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीका साथ उनका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?