काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो अभिनयका साथै खुलेर आफ्नो विचार व्यक्त गर्नका लागि पनि परिचित छिन् । पछिल्लो समय कंगना राजनीतिमा प्रवेश गरेको खबरले चर्चामा छिन् । अभिनेत्रीलाई उनको राजनीतिमा आउने योजनाको बारेमा प्रायः सोधिन्छ। भर्खरै एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीको क्रममा कंगनालाई सोधिएको थियो जसमा उनले लोकसभा चुनावमा भाग लिने योजनामा रहेको बताएकी थिइन्। कंगनाले रोचक जवाफ दिँदै राजनीतिमा प्रवेश गर्ने यो सही समय भएको बताइन् ।
कंगनाले लोकसभा चुनाव लड्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मलाई चुनाव लड्ने कि नलड्ने भन्ने अधिकार छैन । तर, म राजनीतिमा नभए पनि सचेत महिला हुँ । मैले सधैं देशको लागि काम गरेको छु।’ उनले थपिन्, ‘फिल्मको सेटबाट पनि राजनीतिक दलसँग लडाइँ गरेको छु । म राजनीतिमा बसुँ या नबसुँ देशको लागि काम गरिरहनेछु । मलाई यो सबै गर्नबाट कसैले रोक्न सक्दैन। तर, राजनीतिमा प्रवेश गर्ने मौका पाएँ भने अवश्य पनि राजनीतिमा प्रवेश गर्न चाहन्छु र यो उपयुक्त समय हो भन्ने मलाई लाग्छ । यो देश र जनताले मलाई धेरै माया दिएका छन्। म उत्तरबाट हुँ, तर मैले दक्षिणमा पनि काम गरेको छु। मैले मेरा फिल्महरूमा दिल्ली र हरियाणाका केटीहरूको भूमिका पनि निभाएँ। यति मात्र होइन, मैले झाँसीकी रानीको भूमिका पनि निभाएँ । यो देशले मलाई धेरै दिएको छ, जसको लागि म धेरै आभारी छु। म सँधै राष्ट्रवादी थिए।’ उनले भनिन् ।
कंगना रनौत पछिल्लो पटक ‘चन्द्रमुखी २’ र ‘तेजस’ मा देखिएकी थिइन् । आफ्नो आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै फिल्म ‘इमर्जेन्सी’ मा इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।
फिल्ममा कंगनाले मुख्य भूमिका मात्र नभई निर्देशन पनि गरेकी छिन् । भारतीय मिडिया रिपोर्टका अनुसार अभिनेत्रीलाई विष्णु मान्चु स्टार फिल्म ‘कनप्पा’का लागि पनि छनोट गरिएको छ । यसमा प्रभासले भगवान शिवको भूमिका निभाएका छन् भने विष्णु मान्चुले उनको भक्तको भूमिका निभाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया