काठमाडौं । नेपाल र भियतनामबीच १६ बुँदे सहमति भएको छ ।
यो सहमतिसँगै सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने भएको छ ।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका समकक्षी ग्युगन सुआन फुकबीच भएको भेटवार्तापछि नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति भएको हो ।
दुई देशका अधिकारीबीच यो सहमतिमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ ।
भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति समेत भएको छ ।
त्यस्तै व्यापार तथा लगानी सम्बन्धी सम्झौताको लागि पहल गर्ने सहमतिपत्रमा उल्लेख छ ।
नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने, पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमतिका साथै विदेशमन्त्री स्तरीय दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानूनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने र त्यसका लागि छलफल शुरु गर्ने सहमति समेत भएको छ ।
यसैबीच ) प्रधानमन्त्री ओलीले आज (आइतावर) भिसाकमा संयुक्त राष्ट्रसंघीय दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली यही वैशाख २६ गते भियतनाम प्रस्थान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया