पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा माफी माग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले संसदमा बोलेको आपत्तिजनक भएको ठहर गर्दै सभामुखले संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुले प्रधानमन्त्रीले संसदमा मर्यादा उलङ्न गरेको पुष्टि गर्ने भन्दै पौडेलले संसदसमक्ष माफी माग्नुपर्ने बताएका हुन् ।
शनिबार नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीको कास्कीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सभामुखले रेकर्डबाट हटाउनु भनेकै प्रधानमन्त्रीको गल्ती भएको पुष्टि हुनु हो । अब प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ ।’
उनले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दललाई पेलेर जाने नीति लिइरहे आफैं नांगिएर जाने पनि बताए ।
सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै पहल नलिएको दाबी गर्दै पौडेलले बरु एक पछि अर्को गर्दै ओली सकार भ्रष्टाचार काण्डमा फसेको पौडेलले आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया