जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

लोकपथ
126
Shares


काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित सुनसरी धरान उपमहानगरपालिका-४ घर भएकी ४३ वर्षीया विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?