सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटी कार्यक्रम सम्पन्न

लोकपथ
42
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दिने ‘एमडीआरटी’, २०२४ (Million dollor Round Table) कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति जनाएका थिए ।

यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्द थिए, उनी मनोक्रान्ति संस्थाका संस्थापक र गुरु समेत हुन् ।

उनले ‘संसार परिवर्तन गर्नुछ भने पहिले आपूmलाई परिवर्तन गनुपर्छ’ भन्ने प्रसँग जोड्दै, आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर महजोडीद्वारा सिटिजन लिडरहरुलाई प्रेरणाका रुपमा मान्छेलाई सँगतले निकै असर गर्ने र सिटिजन परिवार भित्र एकदमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कालाई समाज को उन्नति र आफ्नो कार्य प्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको देखेको बताए ।

यस लगतै उक्त कार्यक्रमको एमडीआरटीमा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु १९ जना एम्।डीआरटी क्वालिफायर र १ जना सिओटि क्वालिफायर लाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताउदै सो सभामा उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गरे । उनले कम्पनीको सबै भन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?