ज्ञानेन्द्र शाहीको आक्रोश : सरकारले हाम्रो कुरा नसुने हामी रत्नपार्कमा गएर भाषण गर्ने हो ?

लोकपथ
403
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई प्रक्राउ गर्न दबाब दिएका छन् । शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिए ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसदमा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे । बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वालालगायतलाई प्रक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

उनले भने,‘क्यालेन्डर लागु गरिएको छ । कार्यव्यवस्था समिति बनाइएको छ । सभामुखले बेला बेला बैठक बोलाउनुहुन्छ । तपाइँहरु चाहीं गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीं रुमलिने र संसदमा नआउने ? एक महिनामा चारपाँच पटक भन्दा बढी संसद चलाउन नसक्ने अनि हामीलाई दोष दिने ? आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो ? हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ । होइन भने संसद चल्दैन् ।’

सांसदले जनताका आवाज राख्दै जाने, सभामुखले टाउको हल्लाइरहने, मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिने भए यो संसद किन चलाउन प¥यो ? उनको प्रश्न छ । सरकारको जवाफ नआउने भए सँधैका लागि संसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गरे भइहाल्यो नि, शाहीले आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?