काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा

लोकपथ
1k
Shares


काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौंमा बिहीबार छिटपुट वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ ।

काठमाडौंसहित अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । बिहीबार विहानैदेखि मौसम प्रतिकूल रहँदा आन्तरिक वायुसेवाको उडान तालिका प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?