काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन् ।
अन्तिम छनोटमा रहेका तीन जनाबाट बरालको नाम अनुमोदित भएको हो ।
शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
सोही आधारमा आज प्रधानमन्त्री तथा त्रिविको कुलपति कार्यालयले बिहीबार बराललाई नियुक्त गरेको हो ।
बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । व्यवस्थापन संकायका प्राध्यापक रहेका बरालले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए ।
गत कार्तिकबाट त्रिविको उपकुलपतिको पद रिक्त भएको थियो । तत्कालिन उपकुलपति धर्मकान्त बास्कोटाको पदावधी सकिएपछि रिक्त पदमा दलीय भागबण्डाको आधारमा नियुक्ती हुन नहुने भन्दै सरकारको आलोचना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया