काठमाडौं । भियतनाम र कम्बोडियोको ६ दिन औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भियतनाम सीधा हवाइ उडान सम्झौता गर्ने भएका छन् ।
भियतनाम र कम्बाोडिको ६ दिन औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली बिहीवार भियतनामको राजधानी हनोइ पुगेका थिए ।
त्यहाँ उनले द्विपक्षीय भेटवार्ताका साथै त्यहाँको ह नाम प्रान्तमा हुने अन्तर्राष्ट्रिय वैशाख दिवसमा समेत सहभागी हुने छन् ।
त्यहाँका बौद्धमार्गीले निकै महत्वका साथ यस दिवस मनाउने गर्छन् ।
साथै नेपाल र भियतनामबीच सीधा हवाइ उडान गर्नेबारे सम्झौता हुने कार्यसूची तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
साथै वैशाख ३० गते प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडियाका लागि प्रस्थान गर्ने छन् ।
यता उनले पर्यटन प्रबर्द्धन सम्बन्धी सम्झौता गर्ने भ्रमणको कार्यसूची छ ।
प्रधानमन्त्री ओलीले कम्बोडियामा समकक्षी सम्देह हुन सेन, त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग पनि भेटवार्ता गर्ने तालिका छ ।
प्रधानमन्त्री ओलीले ४२ सदस्यीय टोलीको नेतृत्व गर्दै भियतनाम र कम्बोडिया भ्रमण गर्दै छन् ।
उनी जेठ १ गते स्वदेश फर्किने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया