जीडीपीबारे अर्थमन्त्री र पूर्वअर्थमन्त्रिबीच भनाभनः ‘निर्देशन दिनुस् नभन्नु, पहिला दिएको निर्देशन पालना गर्नुहोस्’

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पूर्वअर्थमन्त्रीलाई जीडीपीबारे प्रश्न गरेका छन् । 

बुधवार संसदको अर्थसमिति बैठक चलिरहेका बेला अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री ज्ञानबहादुर कार्कीलाई जीडीपी (कुल ग्राहस्थ उत्पादन) त थाहा होला नि ? भन्दै प्रश्न गरेका थिए । 

त्यस लगत्तै पूर्वअर्थमन्त्री कार्कीले अर्थमन्त्री खतिवडालाई पहिला दिएको निर्देशनको पालना गर्न आग्रह गरे ।  

उनले भने, ‘अर्थमन्त्रीज्यू आफूलाई सहज हुने कुरामा निर्देशन दिनुस् नभन्नु न, पहिला दिएको निर्देशन पालना गर्नुहोस् ।’

त्यसको जवाफमा अर्थमन्त्री खतिवडाले ‘तपाई पनि अर्थमन्त्री हुँदा निर्देशन पालना गर्नुभएकै थियो होला नि त ?, झन् हामीले नमान्ने त कुरै भएन ।’

यस्तै मुलुकको कुल आन्तरिक उत्पादन नै जीडीपी अर्थात कुल ग्राहस्थ उत्पादन हो । मुलुकमा उत्पादन हुने वस्तुहरुको उत्पादन भने जीडीपीको आकार बढ्ने र उत्पालन घटे जीडीपीको आाकर घट्ने हुन्छ । 

चालु आर्थिक वर्ष ०७५–७६ मा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.२९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । 

त्यस्तै आर्थिक वर्ष २०७४–७५ मा ३० खर्ब ७ अर्ब रुपैयाँ रहेको अर्थतन्त्र (जीडीपी) को आकार यस वर्ष ६.८१ प्रतिशतले बढ्दा नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्नेछ ।

पछिल्ला केहि वर्षदेखि निरन्तर जीडीपीको आकार बढ्दै आएको तथ्यांक विभागले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?