एजेन्सी । अमेरिकाले उत्तर कोरियाको समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको आरोपमा कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाजलाई नियन्त्रणमा लिएको हो ।
उत्तर कोरियाको समुद्री जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा लिनुपरेको अमेरिकी न्याय विभागले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धका बाबजुद उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिनुपरेको अमेरिकी भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया