कांग्रेस सांसद सिंहको प्रश्न :  कर्मचारी सरुवा गर्ने कानूनी व्यवस्था किन उलंघन गरेको ?

काठमाडौं । सरकारले जथाभावी कर्मचारी सरुवा गरेर ऐन  उलंघन गरेको आरोप कांग्रेसका सांसद अमरेशकुमार सिंहले लगाएका छन् । 

कांग्रेसका सांसद सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपाटी तत्काल अन्त्य गर्न समेत सरकारसँग माग गरेका छन् ।

सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानूनी व्यवस्था किन उलंघन गरेको ? भनी सरकारलाई प्रश्न समेत गरे । 

बिहीवार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । 

सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने नपाउने उनले बताए । 

उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कानूनसम्मत ढंगले कर्मचारी सरुवा गरेको बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?