संघीय संसद र प्रदेश सभाबीच अनुभव आदानप्रदान सम्पन्न

लोकपथ
70
Shares

काठमाडौं । संघीय संसद र प्रदेश सभाबीच नियमितजसो हुँदै आएको अनुभव आदान प्रदान कार्यक्रमको आठौं संस्करण सौराहामा आज सकिएको छ ।

मंगलबारदेखि सुरु भएको कार्यक्रम ११ सदस्यीय सौराहा घोषणापत्र जारी गर्दै सकिएको हो ।

अबदेखिको कार्यक्रम “अन्तर–व्यवस्थापिका मञ्च, नेपाल” का नाममा हुने बताइएको छ । यो मञ्च लुच फोरमका रुपमा रहनेछ ।

आगामी दिनमा मञ्चका भेला तथा कार्यक्रम लागत साझेदारीमा गर्ने प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रस्ताव पारित भएको छ ।

मंगलबार साँझ भएको उद्घाटन कार्यक्रममा सभामुखले निम्न अनुसार प्रस्ताव गरेका थिए :

  • हाम्रो यस फोरमलाई औपचारिक संयन्त्रको रुपमा विकास गर्ने । स्थायी रुपमा नै नामाकरण गर्ने ।
  • यस फोरमको बैठक वर्षमा दुई पटक गर्ने अभ्यासलाई व्यवस्थित बनाउने । आगामी बैठकको सम्भावित मिति र स्थान तोक्ने । जसले हाम्रो तयारी र उपस्थितिका लागि समय मिलाउन सहज हुनेछ । अहिले संघीय सभामुख र अध्यक्षको अनुकूलतामा मात्रै बैठक भएको अनुभवलाई सच्याउनुपर्छ ।
  • यस फोरमका लागि संघ र प्रदेश तहमा बजेट व्यवस्थापन गर्ने कुरालाई छलफलको विषय बनाउनुपर्छ ।
  • संघीय संसदमा प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले अहिले समन्वय गरेको छ । संघ र प्रदेश सभाको सहभागिता रहने गरी स्थायी प्रकारको सचिवालय रहने व्यवस्था गर्ने ।
  • अब मञ्चको बैठक सम्वन्धी समन्वय संघीय संसद सचिवालयकाे प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?