करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद

लोकपथ
0
Shares


सिरहा । करिब १८ किलो ५ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

धनगढीमाई नगरपालिका-४ सन्तनगरस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १८ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीलाई देख्नासाथ म.प्र.०१-००४ प ४३०३ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले बोरामा लैजाँदै गरेको उक्त गाँजा र मोटरसाइकल छोडी फरार भएपश्चात् बोराबाट प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?