सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ छन् ।
कांग्रेसको बुधवारदेखि शुरु भएको एक महिने जागरण अभियान उद्घाटनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट भएको थियो ।
घाइते श्रेष्ठको टाउकोमा चोट लागेको कांग्रेस केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।
जागरण अभियान उद्घाटन सत्रको कार्यकर्तामा झडप कार्यक्रमका सहभागीबीच भागाभाग भएको थियो । उद्घाटन सत्रको शुरुमै
मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा जोड सदएका थिए । भने देउवाले एकलौटी पार्टी चलाएको आरोप समेत लगाएका थिए ।
श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन शुरु भएको थियो । त्यसलगत्तै दुई पक्षबीच झडप शुरु भएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया