अब नेपालीले भारतीय सिमकार्ड लिन पाउने

लोकपथ
7.5k
Shares

काठमाडौं । अब नेपाली नागरिकले भारतको सिम पाउनका लागि सहज भएको छ ।

नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदी कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने भएका हुन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमा लेख्दै पहिले प्राविधिक कारण देखाएर सिम नपाइनेमा अब पाइने जानकारी दिए ।

भारतस्थित नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा नै सो निर्णय हुनु गौरवको कुरा रहेको बताए ।

‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो। राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो!’ राजदूत शर्माले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?