विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

लोकपथ
1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक केजी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा अर्धठोस अवस्थामा रहेको ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका हुन्।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सो सम्बन्धमा आवश्यक अनुधानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाईएको विमानस्थल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?