काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा क्यानाडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ दिलाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गरेकी हुन् । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया