काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीमा भाँडभैलो शुरु भएको छ ।
एकता घोषणा गरेको २ नबित्दै सो पार्टीका झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा लागेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । नयाँ शक्ति र फोरमबीच वैशाख २३ गतेमात्रै एकता गरेर समाजवादी पार्टीको घोषणा गरिएको थियो ।
उक्त एकताप्रति प्रश्न उठाउदै नेताहरुले विद्रोह गर्ने तयारी गरेका हुन् । यसको नेतृत्व पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले गरेका छन् । पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु मदन राई, कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुलीलगायतले फोरमसँगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका हुन् ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया