काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायुसेवा निगमको न्यारोबडी विमानबाट भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
निगमको न्यारोबडी विमान एयरबस ३२० बाट प्रधानमन्त्री ओली भोलि (बिहीवार) वैशाख २६ गते भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका हुन्।
एक साता लामो औपचारिक भम्रणमा प्रधानमन्त्री ओलीले पहिलो पटक निगमको चार्टर विमान प्रयोग गरेका हुन् ।
उच्च स्रोतका अनुसार निगमको विमानलाई परराष्ट्र मन्त्रालयले प्रतिघण्टा ११ हजार ६ सय २० डलर भाडा तोकेको छ ।
परराष्ट्रले उक्त भीभीआईपी चार्टर उडानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ३५ जना हुनेछन् ।
निगमको विमान काठमाडौंबाट बिहीवार भियतनामको राजधानी हनोई जानेछ ।
प्रधानमन्त्रीसहितको टोलीलाई हनोईमा छाडेर त्यसै दिन नेपाल फर्किने छ ।
भियतनामपछि कम्बोडिया हुँदै प्रधानमन्त्री जेठ १ मा बैंककबाट निगमको नियमित उडानमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया