जोन सीनाले शाहरुख खानको ‘भोली सी सूरत’ गुनगुनाएपछि…

लोकपथ
1.8k
Shares

काठमाडौं । बलिउडमा बादशाह शाहरुख खानको स्टारडम भारतमा मात्रै सिमित छैन । शाहरुखका फ्यानहरु संसारको कुना कुनामा छन् । उनले आफ्नो उत्कृष्ट अभिनय र उत्कृष्ट व्यक्तित्वका कारण करोडौंको मनमा स्थान बनाएका छन् ।

साधारण मानिस मात्र होइन चर्चित सेलिब्रेटीहरु पनि शाहरुखका फ्यान रहेका छन् । विभिन्न अवसरमा दिग्गजहरुले किङ खानको तारिफ गरेको देखिन्छ । यस सूचीमा डब्लूडब्लूूइ च्याम्पियन जोन सीनाको पनि नाम समावेश छ।

जोनले धेरै पटक शाहरुखको तारिफ गरेको देखिन्छ । अहिले उनले शाहरुखको चर्चित गीत गुनगुनाएपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जोन सीनाको हालैको भिडियोले सोशल मिडियामा हलचल नै मच्चाएको छ। उनी बलिउड क्लासिक ‘दिल तो पागल है’ को शाहरुख खानको लोकप्रिय गीत ‘भोली सी सूरत’ गाउँदै छन् । उक्त भिडियो शाहरुख खानको इन्स्टाग्राममा एउटा फ्यान पेजले शेयर गरेको छ । भाइरल क्लिप देखेपछि फ्यानहरु निकै खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?