समाजवादी पार्टीमा सरकार छाड्ने र नछाड्ने बहस शुरु, उपेन्द्र यादव ‘पर्ख र हेर’को नीतिमा

काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने कि नछाड्ने भन्नेबारे शीर्ष तहमा बहस शुरु भएको छ । 

सोमवार डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच पार्टी एकीकरण भएको थियो । 

पार्टी एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालका नेताहरुले संविधान संशोधनका लागि सरकारलाई ‘अल्टिमेटम’ दिने र त्यसपछि पनि संशोधन प्रक्रिया अघि नबढे सरकारबाट बाहिरिने निर्णय लिनुपर्ने धारणा राखेका छन् । 

उता संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट संविधान संशोधन प्रक्रिया अघि नबढाएको र सरकार दिन प्रतिदिन अलोकप्रिय बन्दै गएका बेला सरकारमा बसिरहनुको औचित्य नभएको तर्क गरेका छन् । 

तर, केन्द्रीय कार्यसमितिका अध्यक्ष यादव र उनका समर्थक नेताहरु केही समय ‘पर्ख र हेर’को नीतिमा छन् । 

सरकारलाई दिएको अल्टिमेटमभित्र पनि संविधान संशोधन प्रक्रिया अघि बढेन भने सरकार छोड्नु पर्ने पक्षमा उपेन्द्र यादव समर्थकहरु छन् ।  

उता मंगलवार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा यस विषयमा कुनैपनि छलफल नभएको महासचिव गंगानारायण श्रेष्ठले बताए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२​ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?