काठमाडौं– काँग्रेसको प्रश्नमा जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा कड्किएपछि संसदमा हंगामा भएको छ ।
नीति तथा कार्यक्रमबारे संसदमा ओली बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरे । प्रधानमन्त्रीओलीले प्रतिपक्षी दलका सांसदहरुको सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेका थिए । त्यसपछि सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे ।
काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए । सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि रु हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया