सङ्घीयताको मर्म विपरीत नीति तथा कार्यक्रमः संयोजक भण्डारी

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको देखिन्छ ।” संयोजक भण्डारीले ‘मेरो सरकार’ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अग्रगमन नभई प्रतिगमनको सङ्केत हो भन्दै सरकारले केन्द्रीय मानसिकताले कार्यक्रम प्रस्तुत गरेको धारणा व्यक्त गरे ।

संविधानप्रति असन्तुष्टिको सम्बोधन नगरी सरकारले विभेदको चरित्र प्रदर्शन गरेको उल्लेख गर्दै उनले संविधानमा भएको त्रृटिलाई सच्याइ अवयवलाई पूर्णता नदिएसम्म आफ्नो दल आन्दोलनमा रहने  बताए । उनले सरकार न्यायपालिकालाई गलत बाटोतर्फ लैजाने क्रियाकलाप गरिरहेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?