काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमलाई अप्रमाणित र भ्रामक विज्ञापन प्रसारण नगर्न आग्रह गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सञ्चार माध्यमलाई जथाभावी विज्ञापन प्रसारण नगर्न सचेत गराएका हुन् । उदाहरण दिँदै उनले अप्रमाणित औषधीहरुको समेत विज्ञापन प्रवाह भइरहेको गुनासो पोखे ।
मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रतालाई मर्यादित र जवाफदेही बनाउने र सञ्चारसम्बन्धि कानूनलाई अक्षरमा मात्र सीमित हुन नदिइ अभ्यासमा ल्याउने प्रतिवद्धता जनाए ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि रु हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया