दिक्तेल रुपाकोटको मुन्धुम चित्रकला प्रदर्शनी काठमाडौंमा

लोकपथ
156
Shares

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहलमा यही शनिबारदेखि फागुन १७ गतेसम्म चित्रकला प्रदर्शनी गर्न लागेको हो ।

सो प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । प्रदर्शनीमा ५० देशका चित्रकारहरूले बनाएका १७० भन्दा बढी चित्रहरू राखिने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र झल्किने गरी चित्रकला प्रदर्शन लागिएको हो । यसले जिल्लाका पर्यटन प्रवद्र्धनमा सहयोग अपेक्षा गरिएको छ ।

नगरपालिकाले गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारलाई जिल्लाको अवलोकन भ्रमण गराएको थियो । अब उनीहरूले तय गरेका चित्रकला प्रदर्शनी गर्न लागिएको हो । प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुन लगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?