१८ फाल्गुन २०८०, शुक्रवार

युद्धप्रसाद मिश्र पुरस्कार गायक रामकृष्ण दुवाललाई

२०८०,माघ,२९,सोमवार १७:४६

45
Shares

विराटनगर । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले अग्रज जनगायक, सङ्गीतकार, एवं बालगीतकारका साथै नेवारी प्राचीन शास्त्रीय लोकसङ्गीत अन्वेषक तथा अनुसन्धानकर्ता रामकृष्ण दुवाललाई पुरस्कृत गर्ने भएको छ ।

उनलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० ले सम्मान गरिने भएको हो । प्रतिष्ठानको १३औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । काठमाडौंको कीर्तिपुर निवासी दुवाल लामो समयदेखि जनपक्षीय गायन, सङ्गीत र नेवारी प्राचीन शास्त्रीय लोक सङ्गीतको अध्ययन अनुसन्धान एवं अन्वेषण र संरक्षणमा समेत क्रियाशील छन् ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै वरिष्ठ गायक, संगीतकार, संगीत अन्वेषक एवं अनुसन्धानकर्ता दुवालको सुस्वास्थ्य, क्रियाशील दीर्घजीवन र सङ्गीत क्षेत्रमा निरन्तरताको लागि शुभकामना पनि व्यक्त गरेको छ ।

प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीका अनुसार सो पुरस्कार २०८० फागुन ६ गते कवि युद्धप्रसाद मिश्र ३४ औँ स्मृति दिवसका दिन काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सडक सञ्जाल बिकासको माध्यमबाट कर्णाली प्रदेशका सबै सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा

सर्लाही । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४

कास्की । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड

ताजा समाचार

‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८