जनकपुरमा ई–रिक्सा चालक आन्दोलित

लोकपथ
42
Shares

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका ई–रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न ६ बुँदे माग राख्दै जनकपुरधामका इ–रिक्सा चालकले सोमबार दिउँसो नगरपालिका अगाडि सडक जाम गरेर नगरप्रमुख मनोजकुमार साहविरुद्ध नाराबाजी गरेका छन् ।

ई–रिक्सा उपमहानगरपालिकामा दर्ता हुनुपर्ने, चालकहरुलाई अनुमतिपत्र, सुरक्षा पोसाक उपलब्ध गराउनुपर्ने, जनकपुरधामका चोकहरुमा ई–रिक्सा स्ट्याण्डको व्यवस्था हुनुपर्ने, स्वास्थ्य जाँच तथा जीवन बिमा उपलब्ध गराउनुपर्ने, संस्थासँग छलफल र समन्वय गरी भाडादर निर्धारण गर्नुपर्ने लगायत माग राखेका छन् ।

एक साताभित्र माग पुरा नभए आन्दोलनका कार्यक्रम चरणबद्ध रुपमा अघि बढ्ने नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष वीरेन्द्रकुमार महतोले बताएका छन् । चालकहरुले घण्टौ सडक जाम गरेर विरोध गरेपछि उपमहानगरपालिकाले उनीहरुलाई छलफलका लागि बोलाएको छ । उपप्रमुख किशोरी साहले ८ जना छलफलको लागि समय मिलाएर आउनु भने पछि सडक जाम खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?